ओलीले धोका दिएपछि हेडक्वाटरमा बमबारी गरेँ : प्रचण्ड « Khabarhub

ओलीले धोका दिएपछि हेडक्वाटरमा बमबारी गरेँ : प्रचण्ड


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वाटरमा ‘बमबारी’ गरेको बताएका छन् ।

शनिबार ललितपुरमा पार्टीको सम्पर्क समन्वय बिशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र देशलाई धोका दिने नीति ओलीले लिएपछि १९ पृष्ठ लामो दस्ताबेजलाई बमबारीको रुपमा प्रयोग गरको बताए ।

उक्त समयमा मुलुककै प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै रहेको भन्दै देश दुर्घटनामा पर्न नदिन आफूले त्यस्तो कदम लिएको टिप्पणी गरे ।

प्रचण्डले ओली प्रधानमन्त्री छँदा तीन वर्ष आफूलाई बालुवाटारको बन्दी बनाएको आरोप पनि लगाए । उनले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढ्नुको बिकल्प नरहेको जिकिर गरे । उनले एमालेले आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने र दोष माओवादीलाई लगाउने योजना बुनिएको भन्दै सतर्क रहनुपर्ने बताए ।

त्यस्तै प्रचण्डले देशको हिरो माओवादी नै भएको दावी गर्दै अव माओवादीको अगुवाइमा पूर्वमाओवादीको एकता प्रक्रिया सुरु गरिने बताए । एकताका लागि मोहन वैद्यलगायतका नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : १८ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी