काठमाडौँ– केही वर्ष विवादमा बिताएपछि जापानकी राजकुमारी माकोले आफ्ना पुराना सहपाठी केइ कोमुरोसँग बिहे गर्ने भएकी छिन् । यी दुई बीच सन् २०१८ मा बिहे गर्ने तय भए पनि कोमुरोको परिवार आर्थिक सङ्कटमा परेका कारण योजना रोकिएको थियो । तीन थाती रहेको बिहे यही २६ अक्टोबरमा हुने तय भएको छ ।
यो जोडीको बिहेको प्रसङ्ग तथा माकोका बाबु फुमिहितो र कोमुरोको परिवारबीचको विवादका विषयहरू स्थानीय अखबारमा प्रकाशित हुन थालेपछि यसले युवराज्ञीमा मानसिक तनाव समेत बढाएको थियो ।
अहिले बिहे गर्न तयार जोडीको पहिलो भेट सन् २०१२ मा जापानको इन्टरनेसनल क्रिस्चियन विश्वविद्यालयमा भएको थियो । एक वर्षपछि बिहे गर्ने गरी सन् २०१७ मा यिनीहरूको इन्गेजमेन्ट भएको थियो ।
यसै समयमा कोमुरोकी आमा धेरै आर्थिक सङ्कटमा परेको भन्ने समाचार बाहिर आएको थियो । उनले ऋण लिएर तिर्न नसकेको कुरा पनि विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।
यसबीचमा राजकुमारी माकोले लिचेस्टर विश्व विद्यालयबाटबाट आर्ट म्युजियम र ग्यालरीमा स्नातकोत्तर तहको पढाइ पनि पूरा गरिन् ।
फुमिहितोले आर्थिक कारणले बिहेमा ढिलाइ भएको होइन भन्ने गरेका छन् । माकोले बिहे गर्दा दाइजो स्वरूप जापानी राज घरानाकी महिलाले पाउने १ अर्ब ५० करोड जापानी येन नलिने भएकी छिन् । बिहे पनि जापानी संस्कार भन्दा फरक किसिमले हुने सम्भावना रहेको छ । यसो भएमा जापानको राज परिवारमा यो पहिलो घटना हुनेछ ।
जापानको कानूनअनुसार राजपरिवारकी महिलाले सर्वसाधारण नागरिकसँग बहे गरेमा उनको राजकीय पहिचान गुम्छ तर पुरुषको हकमा यस्तो हुँदैन ।
अहिले युवराज्ञीसँग बिहे गर्न आँटेका केइ कोमुरो पहिले नै विवादास्पद व्यक्ति थिए । यसपटक उनी बिहेका लागि टोक्यो आइपुग्दा धेरै सञ्चार माध्यमको ध्यान उनको पछाडिको कपालमा परेको थियो । कोमुरो अमेरिकामा बस्छन् । बिहेपछि पनि यो जोडी अमेरिकामै कानुन व्यवसाय अङ्गीकार गरेर बस्ने अनुमान गरिएको छ ।
जापानमा मानिसको शारीरिक आवरणको धेरै चर्चा हुने गर्छ । अझ राजपरिवारसँग सम्बन्धित व्यक्तिको हकमा उनलाई त कामुरोले लामो कपाल पालेको कारण नै उनी राजकुमारीसँग बिहे गर्न योग्य नहुने आसयका समाचार प्रकाशित भएका छन् ।
अमेरिकामा कानून स्कुलमा रहेका कोमुरो यसअघि पनि आमाले लिएको ऋण र राजकुमरीसँगको प्रेमका कारण धेरै चर्चामा रहेका थिए ।
अमेरिकामा बस्ने निर्णयसँगै नयाँ जोडी ‘हेरी एन्ड मेहान अफ जापान’ को उपनामले पनि चिनिन थालेको छ । संसारको एउटा लामो इतिहास भएको जापानी राजपरिवारकी सदस्यले सर्वसाधारण युवकसँग प्रेम विवाह गर्दै राजकीय ताज त्याग्न तयार भएको घटना सर्वत्र चर्चाको विषय बनेको छ ।
बाबु फुमिहतोले सन् २०२० को नोभेम्बरमा आफ्नी छोरीलाई एक सर्वसाधारणसँग बिहे गर्न अनुमति दिएका थिए । जापानी सम्राट नारुहितोका कान्छा भाइ फुमिहितोले छोरीको सोच अन्य आमव्यक्तिको भन्दा फरक रहेको प्रतिक्रिया दिएका छन् ।
माकोले फोर्दाम ल युनिभर्सिटी स्कुलबाट पढाइ पुरा गरेकी हुन् । यसअघि माकोले जापानको सङ्ग्रहालयमा अध्ययन गरेकी थिइन् ।
कइ कामुरोले आफ्नी आमाको ऋणको समस्या समाप्त भइसकेको जनाएका छन् । उक्त कुरा उनले गत नोभेम्बरमा भनेका थिए । यो जोडीको बिहेपछि माकोको राजकीय पहिचान के हुन्छ भन्ने चासो पहिलेदेखि नै धेरै सर्वसाधारणलाई रहेको थियो ।
फुमिहितोले जापानको कानुनले नै दुई व्यक्तिको सहमतिमा नै बिहे हुने तथा यसमा कसैले पनि दखल गर्न नपाउने प्रावधान रहेकाले पनि छोरीको जिन्दगीमा तेस्रो पक्षले हस्तक्षेप गर्न नहुने कुरा बताएका थिए ।
सर्वसाधारणसँग बिहे गर्ने युवराज्ञीको निर्णयसँगै जापानी राजप्रासाद आफ्नो कठोर संस्कारबारे विचार गने अनुमान छ । पछिल्लो पुस्ताले यस्तो विद्रोह गर्नसक्ने विषयमा छलफल हुनथालेको छ । यसअघि जापानी राजपरिवारका ११ जनाले सर्वसाधारण महिलासँग बिहे गरेका थिए ।
दोस्रो विश्व युद्धअघिसम्म जापानका राजपरिवारले टाढाका नातेदार वा अन्य कुलीन परिवारका व्यक्तिसँग पनि बिहे गर्थे । दोस्रो विश्व युद्धपछि यो प्रचलनमा परिवर्तन आएको थियो ।
दोस्रो विश्व युद्धपछि राजपरिवारले बिहे गर्न सक्ने र पाउने निश्चित अन्य परिवारको तय भयो । यो प्रचलनसँगै जापानका राजकुमार र र राजकुमारीका लागि बिहे गर्न सीमित विकल्प छ ।
अहिले राजकुमारीले बिहे गर्न लागेका कोमुरोकी आमाले सम्पूर्ण ऋण छोरोको पढाइकै लागि लिएको जनाइएको छ । यो ऋणको मारबाट उक्त परिवार धेरै हदसम्म उम्किसकेको छ । दुवै शिक्षित र दक्ष कानुन व्यवसायी भएका कारण पनि ऋणको भारमा धेरै नरहने जनाइएको छ ।
राजपरिवारको सदस्यका हैसियतमा पाएकासुविधा गुमाउने भएकाले पनि राजकुमारीको निर्णयले धेरैलाई आश्चर्यमा पारेको हो । उनले आफ्नो राजकीय सुविधा मात्र गुमाउने छैनन्, बिहेपछि करदाताको रूपमा आफ्नो कमाइबाट राज्यलाई कर पनि तिर्न तिनुपर्ने छ ।
उनीहरूका सन्तानले पनि राजकीय पहिचान पाउने छैनन् । राजकुमारीले मतदानमा सहभागी हुने हक पाउनेछिन् । उनले राजपरिवारका बारे अन्य सर्वसाधारणले झैँ बहस गर्ने हक पनि पाउने छिन् ।
राजकुमारीको निर्णयसँगै जापानी राजप्रासाद आफ्नो कठोर संस्कारबारे पनि विचार गर्न बाध्य हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो पुस्तामा यस्तो विद्रोह हुँदै गए आउने समस्याका बारे पनि राज परिवारमा छलफल हुनथालेको छ । जापानमा यसअघि पनि राजपरिवारका केही सदस्यले सर्वसाधारणसँग बिहे गरेका थिए ।
सम्राट हिरोहीतोकी छोरीले यस्तै बिहेका कारण आफ्नो राजकीय पहिचान गुमाएकी थिइन् । राजपरिवारकी एक महिला सदस्य सायाकले सन् २००५ मा एक जना ग्रामीण कृषकसँग बिहे गरेर राजकीय सम्मान त्यागेकी थिइन् । सायकाले बिहेअघि नै साधारण पसलमा किनमेल गर्ने अभ्यास गरेकी थिइन् ।
यसरी बिहे गरेर राजपरिवार छाड्दा केही रकम पाउने व्यवस्था छ । सोही रकमले सायाकले घर किनेर जीवन सहज बनाएकी छिन् ।
सन् १९४७ देखि कठोर संस्कारमा बाँधिएको जापानी राजप्रसादमा पछिल्लो पुस्ताले गरेको विद्रोहले एउटा सङ्कट त थपेको छ । यसमा परिमार्जनका लागि केही सोच्न पनि बाध्य बनाएको छ । –एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया