साहस ऊर्जाको आईपीओ बाँडफाँड, ६ लाख ४४ हजारले पाए १० कित्ता « Khabarhub

साहस ऊर्जाको आईपीओ बाँडफाँड, ६ लाख ४४ हजारले पाए १० कित्ता


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साहस ऊर्जा लिमिटेडले आज (आइतबार) सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बाँडफाँड गरेको छ । असोज ६ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरिएको शेयर आज बिहान ९ बजे बाँडफाँट गरिएको हो ।

कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आईपीओ पाएका छन्। कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।

२४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ताशेयर माग भएको थियो । यो सर्वसाधारणलाई निष्काशन गरेको ६४ लाख ४० हजार कित्ता शेयरको ५.३५ गुण बढी हो । यसअघि शुक्रबार प्रिअलटमेन्ट गरिएको थियो । कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत रु १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : ३१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने