‘आयो दशैं’मा पुष्प र तनुजाको विछोडको पीडा « Khabarhub

‘आयो दशैं’मा पुष्प र तनुजाको विछोडको पीडा


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विगत ८ बर्षदेखि अष्ट्रेलियामा रहँदै आएका गायक नरेश रेग्मीले दशैंलाई लक्षित गर्दै नयाँ गीत ‘आयो दशैं’ सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ ।

गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीतमा दशैं नजिक आउँदा पनि प्रेमी प्रेमिका वाध्यताले टाढा हुनु परेको पीडा व्यक्त गरिएको छ ।

यो गीतको भिडियोमा नायक पुष्प खड्का र नव–मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू समेत गरेकी हुन् ।

नरेशले १५ बर्षदेखि सांगीतिक क्षेत्रमा आफूलाई अगाडि बढाएका छन् । उनले एक दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् । साथै, अष्ट्रेलियामा रहेर उनी गीतसंगीतमा सक्रिय छन् । यो गीतको भिडियोलाई विक्रम चौंहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  २ : १९ बजे

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्तीमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण