काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते « Khabarhub

काबुलको मस्जिद बाहिर विष्फोट केहीको मृत्यु, थुप्रै घाइते


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर विष्फोट भएको छ ।

आइतबार भएको उक्त विष्फोटमा कैयौँ नागरिक मारिए तथा केही घाइतेमात्र भएको तालिबान प्रवक्ताले जनाएका छन् । तथापि यसको यकिन तथ्यांक प्राप्त हुन नसकेको तालिबान प्रवक्ताले  बताएका छन् ।

‘ईदगाह ग्रेट मस्जिदको गेट नजिकै भएको विष्फोटनमा आम नागरिकको मृत्यु भएको छ, जुन दुर्भाग्यपूर्ण छ,’ तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाले ट्वीटरमा लेखेका छन् ।

उनका अनुसार तालिबान नेताको मृत परिवारको सदस्यका लागि प्रार्थना समारोह चलिरहेको बेला उक्त विष्फोट भएको थियो । अहिले तालिबान सुरक्षा बलले सतर्कता अपनाउनका लागि उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

घाइतेहरूलाई एम्बुलेन्स र अन्य सवारी साधनबाट नजिकैको अस्पतालमा पुर्‍याइएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ६ : ४० बजे

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले

अमेरिकाद्वारा आईईए छोड्ने चेतावनी

एजेन्सी– अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन

जावलाखेल यूथ क्लब २५औं आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा

सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)