इपिएल क्रिकेट : भैरहवाद्वारा चितवन ६ विकेटले पराजित | Khabarhub Khabarhub

इपिएल क्रिकेट : भैरहवाद्वारा चितवन ६ विकेटले पराजित


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्सले चितवन टाईगर्सलाई ६ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको १६५ रनको विजयी लक्ष्यलाई भैरहवाले १७ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । भैरहवाको जीतमा प्रदीप ऐरीले सर्वाधिक ७२ रनको योगदान गरे । उनले ४३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे ।

त्यस्तै तमिम इकबाल ४० रनमा आउट हुँदा उपुल थरङ्गा ३९ रनमा अविजित रहे । रोहित पौडेल छ र आरिफ शेख एक रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे । चितवनका लागि करिम जनतले सर्वाधिक दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले एक-एक विकेट हात पारे । जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो ।

भैरहवाले यो तेस्रो जीत हो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

चितवनका लागि करिम जनतले सर्वाधिक ३५ रनको योगदान गरे भने मोहम्मद सहजादले ३२ रन जोडे । सिकुगे प्रसन्नाले २४ रन जोड्दा कमलसिंह ऐरी सात रनमा अविजित रहे । भिस सार्की १६, राजेश पुलामी १४, दिलीप नाथ १३, देव खनाल पाँच र खडक बोहरा एक रनमा आउट भए ।

भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट लिए भने कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक–एक विकेट लिए । अघिल्ला चार खेल जितेर आठ अङ्क बटुलेको चितवन अङ्क तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

तीन जीतबाट छ अङ्क बटुलेको भैरहवा भने दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  २ : २१ बजे

विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्छ : बालकृष्ण खाँण

लुम्बिनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा विदेशी

राष्ट्रिय तथा अन्तरराष्ट्रिय भलिबलः सेमिफाइनल समिकरण पूरा

कास्की – पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय

डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुस्

काठमाडौं– अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन

‘जन्ते बाख्रो’ खुवाउने परम्परामा बन्यो चलचित्र

काठमाडौं – देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने

डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

नयाँदिल्ली – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई