रहस्य बनेको मदन भण्डारीको मृत्युमाथि ‘दासढुंगा: च्याप्टर २’ बन्ने | Khabarhub Khabarhub

रहस्य बनेको मदन भण्डारीको मृत्युमाथि ‘दासढुंगा: च्याप्टर २’ बन्ने


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता मदन भण्डारीको दुर्घटनापछि निधन भएको स्थल दासढुंगा घटनामा आधारित चलचित्र ‘दासढुंगा’ को दोस्रो सिक्वेल बन्ने भएको छ । दासढुंगाको निर्देशन मनोज पण्डितले गरेका थिए भने दोस्रो सिक्वेलमा कुमार भट्टराईको निर्देशन रहनेछ ।

अपिल विष्ट फिल्मसको ब्यानरमा बन्न लागेको यो फिल्ममा अनुप बराल, दयाहाङ राई र सौगात मल्ल पुनः दोहोरिनेछन् । यस्तै दोस्रो सिक्वेल ‘दासढुंगाः च्याप्टर २’ मा ऋचा शर्मा, सुरक्षा पन्त, भोलाराज सापकोटा लगायतका कलाकार थपिने स्रोतले बताएको छ । यद्यपि फिल्म युनिटले कलाकार को को रहने भनेर अझै खुलाएको छैन ।

पहिले ‘दासढुंगा’ को केही दृश्य छायांकन गरेर पुनः प्रदर्शनी गर्ने भनिएको थियो । अब भने यसको सिक्वेलका रुपमा फिल्म नै बन्ने भएको हो ।

चितवनको दासढुंगामा मदन भण्डारी र जीवराज आश्रित चढेको जीप दुर्घटना हुँदा निधन भएको थियो । दुर्घटनामा परी चालक अमर लामा भने बाँच्न सफल भएका थिए । लामालाई पछि माओवादीले हत्या गरिदिएको थियो । भण्डारीको हत्या अझै पनि एउटा रहस्य बनेको छ । अहिले सोही पार्टीको सरकार छ भने भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति पदमा छिन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ५ : ५४ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित