रहस्य बनेको मदन भण्डारीको मृत्युमाथि ‘दासढुंगा: च्याप्टर २’ बन्ने « Khabarhub

रहस्य बनेको मदन भण्डारीको मृत्युमाथि ‘दासढुंगा: च्याप्टर २’ बन्ने


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन नेकपा एमालेका महासचिव तथा जननेता मदन भण्डारीको दुर्घटनापछि निधन भएको स्थल दासढुंगा घटनामा आधारित चलचित्र ‘दासढुंगा’ को दोस्रो सिक्वेल बन्ने भएको छ । दासढुंगाको निर्देशन मनोज पण्डितले गरेका थिए भने दोस्रो सिक्वेलमा कुमार भट्टराईको निर्देशन रहनेछ ।

अपिल विष्ट फिल्मसको ब्यानरमा बन्न लागेको यो फिल्ममा अनुप बराल, दयाहाङ राई र सौगात मल्ल पुनः दोहोरिनेछन् । यस्तै दोस्रो सिक्वेल ‘दासढुंगाः च्याप्टर २’ मा ऋचा शर्मा, सुरक्षा पन्त, भोलाराज सापकोटा लगायतका कलाकार थपिने स्रोतले बताएको छ । यद्यपि फिल्म युनिटले कलाकार को को रहने भनेर अझै खुलाएको छैन ।

पहिले ‘दासढुंगा’ को केही दृश्य छायांकन गरेर पुनः प्रदर्शनी गर्ने भनिएको थियो । अब भने यसको सिक्वेलका रुपमा फिल्म नै बन्ने भएको हो ।

चितवनको दासढुंगामा मदन भण्डारी र जीवराज आश्रित चढेको जीप दुर्घटना हुँदा निधन भएको थियो । दुर्घटनामा परी चालक अमर लामा भने बाँच्न सफल भएका थिए । लामालाई पछि माओवादीले हत्या गरिदिएको थियो । भण्डारीको हत्या अझै पनि एउटा रहस्य बनेको छ । अहिले सोही पार्टीको सरकार छ भने भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति पदमा छिन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ५ : ५४ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार