चोरी तथा पाकेटमारमा सङ्लग्न २०७ जना पक्राउ, यी हुन् उनीहरुले प्रयोग गर्ने सांकेतिक भाषा | Khabarhub Khabarhub

चोरी तथा पाकेटमारमा सङ्लग्न २०७ जना पक्राउ, यी हुन् उनीहरुले प्रयोग गर्ने सांकेतिक भाषा


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले चाडपर्वमा हुनसक्ने चोरी र पाकेटमारको विरुद्ध चलाएको अभियानमा उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । परिसरले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात, सपिङ मल र मुख्य बजारमा चलाएको अभियानमा चोरी र पाकेटमार कार्यमा सङ्लग्नलाई सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटीरहित, भरपर्दौ, विश्वसनीय र मजबुद बनाउन साथै नजिकिँदो चाडपर्वमा हुने लुटपाट र चोरीका घटना कमी गर्न भदौ २५ देखि असोज १५ गतेसम्म चलाएको अभियानमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार यातायात व्यवसायीको सहकार्यमा सादा पोसाकका कर्मचारीलाई सवारी साधनमा यात्रा गराई चलाइएको अभियानमा पाकेटमारले नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै पक्राउ गरिएको हो ।

सार्वजनिक बसमा दुई/दुई जनाका दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने र पैसा भएका यात्रु पत्ता लगाएर चार तीरबाट घेरा हालेर नगद, मोबाइल, गरगहना लुटपाट गर्ने गरेको अनुसन्धानमा पाइएको एसएसपी सिंहले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पाकेटमारको निगरानी राख्नका लागि यातायात व्यवसायीले सादा पोशाकका कर्मचारीलाई ६० पास उपलब्ध गराएको बताए ।

चोरी तथा पाकेटमारले सार्वजनिक सवारी साधनमा चढेपछि साङ्केतिक भाषाको प्रयोग गर्ने गरेको पाइएको छ । पक्राउ परेका २०७ जनामध्ये १६१ जनाको अनुसन्धान भइरहेको र ४६ जनाको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय हुँदै कारागार पठाइएको परिसरले जनाएको छ ।

पाकेटमारी गर्दा एक अर्कामा उनीहरुले यस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ-

पैसा – द ,
मोवाईल – कान,
पकेटमारी पीडित – रामे,
पकेटमारी गर्ने (मास्टर) – काशी,
पैसा धेरै छ – टानको द
पैसा थोरै छ- जुटको द ,
गाडी -कांचा,
केटा – छापा,
केटी -भद्री
पुलिस आयो- ठूल्दाई आयो
ड्राईभर – माम, खलासी- मले
गाडीबाट झरेर भाग- टप्की

गाडी भित्र अगाडि सर – अकल जा
गाडी भित्र पछाडि सर- चिछल जा

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ६ : २० बजे

गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं – आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १०

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मोरङ– मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको

‘सिनो भइसकेको शेयर बजार र घरजग्गा कारोबारले अर्थतन्त्रलाई कहिँ लैजाँदैन’

काठमाडौं– गभर्नर डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकमा जानुअघि विभिन्न

नमूना बगैँचा बनाउन किसानलाई सुन्तलाका बिरुवा वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका

भोजपुरको ऐतिहासिक चण्डी बजारको संरक्षण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ ‘चण्डी बजार’ संरक्षण