नारायण गोपाल सम्मान पुरस्कार जोशीलाई प्रदान « Khabarhub

नारायण गोपाल सम्मान पुरस्कार जोशीलाई प्रदान


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- गत वर्षको नारायण गोपाल स्मृति सम्मान झापाको दमकमा रहेर लामो समयदेखि लोकगीत/ संगीतमा क्रियाशील लक्ष्मीप्रसाद एलपी जोशीलाई प्रदान गरिएको छ ।

नारायणगोपाल संगीत कोषले सोमबार दमकमै सम्मान प्रदान गरेको हो । नारायण गोपालको ३० औं स्मृति दिवसका अवसरमा गत मंसिर १९ गते नै सो पुरस्कार प्रदान गर्नुपर्ने भए पनि कोरोना महामारीका कारण त्यस समयमा सम्भव नभएको कोषका वरिष्ठ संगीत प्रशिक्षक राजकुमार श्रेष्ठले बताए ।

कोषले पहिलो पटक काठमाडौ बाहिर कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरेको श्रेष्ठले बताए । भारतको दार्जिलिङ्का संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्य र कोषका महासचिव दीपक केसीको अध्यक्षतामा भएको कार्यक्रममा जोशीलाई नगद २५ हजार रुपैयाँ सहितको सम्मान प्रदान गरिएको हो ।

सम्मानित जोशी ६ दशक देखि नेपाली लोकगीत संगीतमा क्रियाशील छन् । उनका रिटिङ् रिटिङ् नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो लगायतका गीतहरु चर्चित छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ८ : ४५ बजे

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र