ट्राफिक प्रहरीले जिम्मा लगायो २१ वटा मोटरसाईकल | Khabarhub Khabarhub

ट्राफिक प्रहरीले जिम्मा लगायो २१ वटा मोटरसाईकल


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका बिभिन्न स्थानबाट हराएका २१ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

हस्तान्तरण गरिएका २१ मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन । ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरी विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु मंगलबार महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जानकारी दिए ।

उनले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको र हराउनै नदिनको लागी धनी समेत विशेष चनाखो र सजक हुनुपर्ने बताए ।

पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्य डियो स्कुटर र पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ ।

यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाईकल मध्ये १४६ मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । १४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भैरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १२ : ५२ बजे

कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र : देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस

पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

म्याग्दी– आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे,

विकास समस्या समाधान समितिको बैठक : अर्थतन्त्र चलायमान गर्न ‘बिग पुस’ गर्नुपर्ने

काठमाडौं- मन्त्रालयस्तरको विकास समितिको बैठकमा अर्थतन्त्रलाई चलायमान बनाउन थप काम

आरवीवी म्युचुअल फण्ड–२ ले १३ प्रतिशत लाभांश दिने 

काठमाडौं– आरवीवी म्युचुअल फण्ड–२ ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट

सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत लाभांश दिन तोक्यो बुक क्लोज मिति 

काठमाडौं– सिद्धार्थ इक्विटी फण्डले इकाई धनीलाई २० प्रतिशत बोनस दिन