मन्त्रालय भागवण्डामा गठबन्धनमा सहमति, मन्त्रिपरिषद् विस्तारको तयारी | Khabarhub Khabarhub

मन्त्रालय भागवण्डामा गठबन्धनमा सहमति, मन्त्रिपरिषद् विस्तारको तयारी


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

‘मोटामोटी रूपमा मन्त्रालयमा सहमति भएको छ ।  सम्भवत बुधबार नै नत्र यसै साताभित्र  मन्त्रिपरिषद् विस्तार हुन सक्छ,’ देउवाले भने ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

सहमतिअनुसार कांग्रेसले लिने भनिएको सात मन्त्रालयमा अब सञ्चार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने छ । कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानून र स्वास्थ्य राज्यमन्त्री लिइसकेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले लिने भनिएको ६ मध्ये अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने सहमति छ । माओवादीले यसअघि नै अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ ।

यस्तै नेकपा (एकीकृत समाजवादी)ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको जनाइएको छ ।

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति छ।

असार २९ मा प्रधानमन्त्री देउवाले साढे २ महिनासम्म कांग्रेसबाट तीन मन्त्री र २ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्रीका भरमा सरकार चलाउँदै आएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  २ : ४१ बजे

बोर्डको भवन बनाउन जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा छ : अध्यक्ष श्रेष्ठ 

काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डको भवन बनाउन

नेपालमै पहिलो पटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलो पटक सफलतापूर्वक

नेताहरूको योगदानबारे प्रचार गर्न आवश्यक छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेताहरूको योगदानका बारेमा

विलासी करको विरोध गर्दै सुनचाँदी व्यवसायी सडकमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन

भृकुटीमण्डपमा सिंहदरबारको कुरुप अनुहार !

काठमाडौँ – संघीय राजधानीभित्र रहेका सार्वजनिक स्थल राज्य संरक्षित बिचौलियाबाटै