कपिलवस्तु कृष्णगनरमा झाडापखालबाट २ जनाको मृत्यु « Khabarhub

कपिलवस्तु कृष्णगनरमा झाडापखालबाट २ जनाको मृत्यु


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालको प्रकोपबाट २ जनाको मृत्यु भएको छ ।

झाडापखालाबाट वडा नम्बर ९ वहादुरगन्जमा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष ५ का राज कश्यप र वर्ष ४० का राम प्रसाद केवट रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए ।

बालक कश्यपको स्थानीय निजी क्लिनीकमा उपचार गर्नेक्रममा र केवटको घरमै मृत्यु भएको पाण्डेयले बताए । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा प्रकोप फैलिएको उहाले जानकारी दिए । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली मंगलबार बहादुरगंज पुगेको छ भने प्रदेशबाट उपचार टोली समेत त्यहा पुगेको उहाको भनाइ छ ।

वडा भरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचद्र घिमिरेले बताए ।

नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन् ।

झाडापखाला के कारण फैलिएको हो भन्ने एकिन कारण पत्ता लागिनसके पनि वर्षायाममा दूषित पानीको कारण झाडापखाला फैलिएको हुनसक्ने डाक्टर मुकेश चौधरीले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ८ : ३० बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग