सिकाकाईको (रसुल्ला)को औषधीय महत्व « Khabarhub

सिकाकाईको (रसुल्ला)को औषधीय महत्व


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तराईका खोँचहरुमा पाइने यो एक काँडादार लहरे वनस्पति हो । यसको पात अमिलो हुन्छ । हाँगाहरुमा खैरा तथा सेता थोप्ला हुने यो वनस्पतिको फूल भने सेता पहेँला हुन्छन् । फल लामा मोटा र राता हुन्छन् ।

राम्रोसँग छिप्पिएर राता भएका कोसाहरुलाई टिपेर एक हप्तासम्म घाममा सुकाउने र सुकेको कोसा जरा र सुकेको पातलाई पकाएर दिनहुँ एक गिलासको दरले पिउनाले छातीमा कफ जमेको छ भने यसको प्रयोगले पगाल्छ, दम, खोकीलाई ठीक गर्छ । यसको फलले वमन रोक्छ ।

सिकाकाईको पात, जरा वा कोसाको साथमा थोरै मरिच पिसे यसको रस पिउँदा जण्डिस रोग निको हुन्छ । यसको पात, जरा वा कोसालाई पिँधेर लेदो बनाई छालामा लगाउनाले चर्म रोगलाई नाश गर्छ । कपालमा लगाई स्नान गर्नाले कपालको चायाँ हट्छ । जुम्रासमेत मर्छ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ५ : ४५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको