सिकाकाईको (रसुल्ला)को औषधीय महत्व « Khabarhub

सिकाकाईको (रसुल्ला)को औषधीय महत्व


२५ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तराईका खोँचहरुमा पाइने यो एक काँडादार लहरे वनस्पति हो । यसको पात अमिलो हुन्छ । हाँगाहरुमा खैरा तथा सेता थोप्ला हुने यो वनस्पतिको फूल भने सेता पहेँला हुन्छन् । फल लामा मोटा र राता हुन्छन् ।

राम्रोसँग छिप्पिएर राता भएका कोसाहरुलाई टिपेर एक हप्तासम्म घाममा सुकाउने र सुकेको कोसा जरा र सुकेको पातलाई पकाएर दिनहुँ एक गिलासको दरले पिउनाले छातीमा कफ जमेको छ भने यसको प्रयोगले पगाल्छ, दम, खोकीलाई ठीक गर्छ । यसको फलले वमन रोक्छ ।

सिकाकाईको पात, जरा वा कोसाको साथमा थोरै मरिच पिसे यसको रस पिउँदा जण्डिस रोग निको हुन्छ । यसको पात, जरा वा कोसालाई पिँधेर लेदो बनाई छालामा लगाउनाले चर्म रोगलाई नाश गर्छ । कपालमा लगाई स्नान गर्नाले कपालको चायाँ हट्छ । जुम्रासमेत मर्छ ।

साभार : योगाभ्यास तथा घरेलु उपचार विधिपुस्तकबाट

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ५ : ४५ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली