करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा | Khabarhub Khabarhub

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर-६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ ।

कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले मङ्गलबार साँझ सप्लायर्समा छापा हानेको हो । कार्यालयले कर छलेर ल्याएको २६१ प्याकेट झुम्का सुपरपावर र १४८ प्याकेट बल्ब छाप भएको सुर्तीसमेत बरामद गरेको कर अधिकृत खडानन्द खत्रीले जानकारी दिए ।

कर छली गरी अवैध बाटोबाट सुर्खेत भित्र्याइएको ४०९ प्याकेट सुर्तीजन्य पदार्थ बरामद गरिएको कार्यालयका कर अधिकृत खत्रीले बताए । ‘विशेष सूचनाका आधारमा सप्लायर्समा छापा हान्दा हामीले राजस्वको स्टिकर टाँसेको भेटेनौँ’, कर अधिकृत खत्रीले भने, ‘नियन्त्रणमा लिइएको सामानबमोजिम आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउँछौँ ।’

उनका अनुसार बरामद सामानको अनुसन्धान गर्नुको साथै थप छानबिनका लागि सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई (आज) बुधबार कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।’

उक्त पसलमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत छापा हानेको थियो । छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरेको प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताएका छन् । राजस्व कार्यालयले दोस्रो चरणको निषेधाज्ञामा समेत सप्लायर्सले अवैध सुर्ती बिक्री गरेको भेटिएपछि मुद्दा नै चलाइएको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयका अनुसार नेपाल प्रहरीको सहयोगमा गत आर्थिक वर्षमा अवैध सुर्ती जफतबाट झण्डै रु ६० लाख राजस्व सङ्कलन गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ५२ बजे

कार्यभार सम्हालेपछि राजुनाथले भने- पुरानो कुरा बिर्सिन चाहन्छु

काठमाडौं– काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे काममा फर्किएका

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान

रक्षा प्रणाली ध्वस्त पार्‍यौँ, अब इजरायलीहरुले विस्तारै मृत्युवरण गर्ने कि भागेर जाने ? : आईआरजीसी

काठमाडौं– इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलको रक्षा

ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन 

काठमाडौं– अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इरान अहिले नै

सुर्खेतको कोपिला भ्याली स्कुल कसरी पर्‍यो विश्वकै उत्कृष्ट १० मा ?

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै उत्कृष्ट १०