लोकतान्त्रिक समाजवादी पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा | Khabarhub Khabarhub

लोकतान्त्रिक समाजवादी पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ ।

मुख्यमन्त्री राउतको विश्वासको मतमाथिको छलफलमा भाग लिदै प्रदेश- २ को लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले तत्काल मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।

राउत नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाउँदै उनले भने,’मुख्यमन्त्री आफैं सुशासन कायम गर्छु भन्छन् तर अख्तियारले भ्रष्टाचार आरोपमा छापा मार्दा जुलुस निकालेर विरोध गर्छन् ।’

अख्तियारले छापामार शैलीमा छापा मारेर संघीयतालाई चुनौती दिएको मुख्यमन्त्री राउतक अभिव्यक्तिमा सोनलले भने, ‘अख्तियारको छापाले संघीयता समाप्त हुँदैन । यो संघीयता सयकरोडौँ मधेसीको आन्दोलन र कयौँको सहादतले आएको हो । अब मुख्यमन्त्रीले मार्गप्रशस्त गरेर अख्तियारको छानबिनमा सघाउनुपर्छ ।’

प्रदेश २ सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको उजुरीपछि अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

सोनलले सरकारले गरेका कामको संवैधानिकतामाथि पनि प्रश्न उठाए । गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेको ४३ दिनपछि मात्रै विश्वास लिनुले कति संवैधानिक भन्दै उनले प्रश्न गरे ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  २ : २५ बजे

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित

एम्बुलेन्स सेवामा एकरूपतास् सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा