मुक्तिनाथ विकास बैंकका ग्राहकलाई महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन महेन्द्रनारायण निधि मेमोरियल अस्पताल सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक –इन हाउस, र्फामेसी, प्रक्रियामामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  २ : १४ बजे

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु

म्याग्दी–  मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री

कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप

काठमाडौं– नेपाली कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली एकता

उपनिर्वाचन : वडाध्यक्षका उम्मेदवारले तीन लाखसम्म, मेयरका उम्मेदवारले साढे सात लाखसम्म खर्च गर्न पाउने

काठमाडौं- निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा

बाल खेलाडीहरू पुरिएको घटना छानबिनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले