प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत | Khabarhub Khabarhub

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् ।

सत्तारुढ दल विभाजित भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

प्रदेशसभामा उपस्थित १०० सांसदमध्ये मुख्यमन्त्री राउतले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ७७ सांसदले मत दिएका छन् भने सो प्रस्तावको विपक्षमा २३ मत परेको छ ।

राउत नेतृत्वको सरकारलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेका कारण उनले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ ।

गत भदौ ९ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो ।

जसपाले जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर आज मुख्यमन्त्री राउतले विश्वासको मतको प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ४८ बजे

आईटी कम्पनीले कमाएको ५० प्रतिशत विदेशमा लगानी गर्न पाउने

काठमाडौं– सूचना प्रविधि क्षेत्रका काम गर्दै आएका उद्योगले आफूले आम्दानी

सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ?

 काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले सभामुख देवराज घिमिरेले

एमालेको आरोप- निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका

जब इञ्जिनियरिङको परीक्षास्थलमा प्रहरी घुस्यो…

बिराटनगर– पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ विषयको छैठौं सेमेष्टरको परीक्षा चलिरहेका

लागूऔषध र कर्तव्य ज्यान मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ

सुर्खेत– लागूऔषध मुद्दामा १९ वर्ष, कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि