सशस्त्र प्रहरीद्वारा २८ वटा मानव खप्पर र हड्डी बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा २८ वटा मानव खप्पर र हड्डी बरामद


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सशस्त्र प्रहरीले विराटनगर–१५ रानीस्थित २ नम्बर ढाटनजिकबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलका अनुसार प्रहरी टोलीले मंगलबार रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा देखेको र शंका लागेर जाँच मानव खप्पर र हड्डी फेला परेको हो ।

गत असोज १८ गते रानीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानमा उक्त मानव खप्पर फेला पारेको हो ।

भ्यानका चालक सशस्त्र प्रहरीलाई टाढैबाटै देख्नासाथै भ्यान छाडेर भागेपछि भ्यानभित्र चेकजाँच गर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा २८ वटा खपडा र खुट्टाको हड्डी १० वटा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद भएका उक्त हड्डिहरु रानी हेल्थ डेक्सका चिकित्सक मेडिकल अधिकृत कमल किशोर यादव तथा डिभिजन वन कार्यालय विराटनगरका वन अधिकृत प्रमेश्वर पासवानको टोलीले निरीक्षण गर्दा मानव खप्पर तथा हातखुट्टाको नली हाड हुनसक्ने बताएका छन् ।

बरामद हड्डी तथा भ्यान आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ७ : ३० बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका