धौलागिरि हिमाल आरोही पूर्णिमा सम्मानित | Khabarhub Khabarhub

धौलागिरि हिमाल आरोही पूर्णिमा सम्मानित


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार सङ्घ, कास्कीले आज सम्मान गरेको छ ।

संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् । कार्यक्रममा फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष प्रदीप पौडेलले पूर्णिमाको सफल आरोहणले फोटो पत्रकारको शिर उँचो बनाएको बताए ।

आरोही श्रेष्ठले आर्थिक अभावबीच पनि आरोहण सफल भएको भन्दै खुशी व्यक्त गरिन् । दुई पटकको प्रयासमा धौलागिरि आरोहण गर्न सकेको बताउँदै उनले अब चाँडै नै कञ्चनजङ्घा आरोहण गर्ने योजना रहेको र त्यसपछि मकालु र ल्होत्से आरोहण गर्ने तयारी रहेको जानकारी दिइन् ।

आरोहणमा हेलीभन्दा पदयात्रामार्फत जाँदा स्थानीय ठाउँको प्रवद्र्धन हुने भएकाले प्रदेश सरकारले सो क्षेत्रमा पदयात्रामा बनाउन उनले सुझाव दिइन् ।

काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत उनले असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहण गरेकी थिइन ।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । उनले यसअघि सगरमाथा, मनास्लु र आमादब्लम हिमालको आरोहण गरेकी छिन् ।

कार्यक्रममा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष धर्म पन्थी, फोटो पत्रकार सङ्घ गण्डकी अध्यक्ष राम गुरुङ, फोटो पत्रकार सङ्घ कास्कीका सचिव दुर्गा पौडेल, सहसचिव उमेश पुन, फोटो पत्रकार कृष्णमणि बराल, धनश्याम पौडेल, राधिका कँडेललगायतले श्रेष्ठको आरोहणले फोटो पत्रकारको गरिमालाई थप उँचो बनाएको धारणा राखेका थिए ।

आजै श्रेष्ठले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर आफ्नो हिमाल आरोहणको अनुभव सुनाएकी थिइन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ८ : ३२ बजे

नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले

कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

सिरहा – सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको

भूकम्पपीडित अफगानी नागरिक खुला आकाशमा रात बिताउन बाध्य

अफगानिस्तान – पूर्वी अफगानिस्तानमा विनाशकारी भूकम्प गएको तीन दिनसम्म पनि

ललितपुर महानगरमा एक विद्यालय-एक सम्पदा कार्यक्रम

ललितपुर– ललितपुर महानगरले एक विद्यालय-एक सम्पदा कार्यक्रम सुरु गरेको छ