नामी कलेजद्वारा बेलायती राजनीतिज्ञ हेलेन ग्रान्टलाई स्वागत | Khabarhub Khabarhub

नामी कलेजद्वारा बेलायती राजनीतिज्ञ हेलेन ग्रान्टलाई स्वागत


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वरमा रहेको नामी कलेजले बेलायती राजनीतिज्ञ तथा प्रभावशाली समाजसेवीका साथै सांसदकी सदस्य समेत भएर कार्य गरेकी हेलेन ग्रान्टलाई स्वागत गरेको छ ।

बुधबार कलेज प्राङ्गणमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा मुख्य अतिथि रहेकी हेलेन ग्रान्टले हरेक महिला विद्यार्थीले कम्तीमा १२ वर्षको गुणस्तरीय शिक्षा पाउन पर्ने तथ्यलाई देश विकासका पूर्वाधारहरु संग जोडेर व्याख्या गरिन् ।

उनले महिला शिक्षालाई जोड्दै आगामी दशकसम्म विश्वभरिका कम्तीमा पनि ४० लाख छोरीहरूलाई विद्यालयसँग जोड्ने लक्ष्य रहेको जनाइन् ।

कार्यक्रमको सभापतित्व ग्रहण गरेकी डाक्टर आरजु राणा देउवाले नेपाल-बेलायत सम्बन्धबारे चर्चा गरेकी थिइन् । उनले बेलायती नेतृत्वलाई नेपालमा जलवायु परिवर्तन लगायत अन्य क्षेत्रमा गरिएको सहयोग र साथका लागि धन्यवाद ज्ञापन गरिन् ।

डाक्टर आरजु राणा देउवाले वास्तविक धरातलमा धेरै कामहरू अझै हुन बाँकी रहेको बताउँदै शिक्षाका माध्यमले मात्र परिवर्तन र रूपान्तरण सम्भव रहेको बताइन् ।

कार्यक्रममा नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटको पनि उपस्थिति रहेको थियो । उनले नेपाल-बेलायत सम्बन्धका साथसाथै नेपाली शिक्षाको स्तर उन्नतिका लागि हरेक पक्षबाट पैरवी गरिनुपर्ने कुरामा जोड दिइन् ।

नामी कलेजले नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको साझेदारीमा विश्वस्तरीय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ५ : १८ बजे

मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो !

लेटाङ, मोरङ — आधुनिक प्रविधिको विकाससँगै मानिसले दैनिक प्रयोग गर्न

रास्वपालाई कांग्रेसको जवाफ- भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

बारा– कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा तीन वर्षीय युवान

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित