यस वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने « Khabarhub

यस वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ।

कोरोनाको महामारीको कारणले यसवर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने कांग्रेसले आज विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन।’

कांग्रेसले खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित हुने सबैको कर्तव्य भएको जनाएको छ ।

‘महामारीमाथि विजय हासिल गर्न हामी चाँडै नै सफल हुनेछौं भन्ने विश्वासका साथ नेपाली कांग्रेस बडा दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ४ : ५५ बजे

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई