गोरखा दरबारको दशैँघरमा विधिपूर्वक राखियो जमरा « Khabarhub

गोरखा दरबारको दशैँघरमा विधिपूर्वक राखियो जमरा


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ ।

बिहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौँ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए । कालिका भगवती मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको प्रमुख भुसालले जानकारी दिए ।

यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भए पनि भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको स्थापना गरी देवीको सवारी गराइएको कालिका मन्दिरका मूल पूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । जमरा राख्नुअघि मूल दरबारमा नै पानी घडी स्थापना गर्नुपर्ने प्रचलन रहेको भए पनि दरबार जीर्णोद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी स्थापना गरी घटस्थापना गरिएको उनले बताए ।

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मालम्बीले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलिदिने प्रचलन रहँदै आएको छ ।

यस्तै घटस्थापनाका बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पूजारी इन्सान थापाले जानकारी दिए । मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए । परम्परा अनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसार नित्य पूजा गरी जमरा राखिएको मूलपूजारी थापाले जानकारी दिए । गणेश र कलस स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ छ ।

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका कारण मन्दिरमा सर्वसाधारणका लागि खुला गरिएको भए पनि घटस्थापनाका दिन ठूलो भीडभाड हुने जिल्लाका सबैजसो शक्तिपिठ मनकामना मन्दिर, कालिका मन्दिर, गोरखनाथ गुफा अघिल्ला वर्षमा जस्तो भक्तजनको भीडभाड भने कम रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ८ : १५ बजे

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने