नवरात्रमा दुर्गाको उपासना गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी तीन कुरा | Khabarhub Khabarhub

नवरात्रमा दुर्गाको उपासना गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी तीन कुरा


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहीबारदेखि बडादशैं तथा नवरात्र शुरु भएको छ । नवरात्रको अवधिभर दुर्गामाताको पूजा आरधाना एवं उपासना गरिन्छ । माता दुर्गालाई शक्ति र उर्जाको रुपमा लिइन्छ ।

नवरात्रिमा पूजा आरधना गर्दा दुर्गा माता प्रसन्न हुने र आर्शिवाद प्राप्त हुने मान्यता रहेको छ । विधिपूर्वक नवरात्रको आराधना गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । नवरात्रमा पूजा र व्रत गर्ने छुट्टै नियम छ । यसकालागि तीन चीजको आवश्यकता पर्छ ।

क) दुर्गा पूजाकालागि रातो रंग निकै महत्वपूर्ण मानिन्छ । नवरात्रको पूजामा सर्वाधिक प्रयोग हुने रातो रंग दुर्गा देवीलाई धेरै मन पर्ने रंग भएको हिन्दुधर्ममा उल्लेख छ । त्यसैले घटस्थापना र माता स्थापना गर्न रातो रंगको कपडाले सजाउने गरिन्छ । यसका साथै रातो रंगको कपडा र सिन्दुरको टीका लगाइन्छ ।

ख) नवरात्रको पूजा आरम्भ गर्नुभन्दा पहिले दुर्गामातालाई रातो रंगको पछ्यौरा पनि चढाउनु पर्दछ । हिन्दु परम्परा अनुसार दुर्गा मातालाई रातो पछ्यौरासँगै सिन्दुर वा श्रृंगारको सामग्री, मेवा, फल, मिष्ठान्न, नरिवल जस्ता चीजहरु चढाउनुपर्छ ।

ग) नवरात्रमा दीप प्रज्वलनको पनि विशेष महत्व छ । अखण्ड ज्योतिबाट घरमा सकारात्मक उर्जा प्राप्त हुने र नकारात्मक उर्जा नाश हुने धार्मीक विश्वास छ । तर अखण्ड ज्योति बाल्दा स्वच्छताको भने ख्याल गर्नु पर्दछ । ज्योति जलाउन पित्तल वा माटोको दीयो प्रयोग गर्ने र गाईको घ्यु हाल्नु पर्दछ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ५ : ४५ बजे

एमाले असम्भव चुनावको पछाडि लाग्दैन: महासचिव पोखरेल

सुर्खेत- नेकपा (एमाले)ले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’

विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

काठमाडौँ- एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ।

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’

विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छ: माधवकुमार नेपाल

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई