माओवादीले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्री « Khabarhub

माओवादीले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्री


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंग्याएको छ ।

जसअनुसार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् ।

त्यस्तै शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने छन् । महेश्वर गहतराज युवा तथा खेलकुदमन्त्री बन्नेछन् भने बोधमाया यादव राज्यमन्त्री बन्नेछन् ।

माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाएको थियो, तर मन्त्रालय टुंगिएको थिएन ।

माओवादीका एक नेताले भने, ‘अहिलेसम्म भएको मोटामोटी निर्णय यही हो । यही कार्यान्वयन होला । तर शपथ हुने बेलामा केही तलमाथी हुन सक्छ ।’

वर्तमान सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ । जसमा जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीले प्रधानमन्त्रीसँगै शपथ लिएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ४१ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण