४० हजार मेट्रिकटन मल चीनमै रोकियो « Khabarhub

४० हजार मेट्रिकटन मल चीनमै रोकियो


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन ।

हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल पठाउन चिनीयाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका ठेकेदार सिल्क ट्रान्स्पोर्ट प्रालिका अध्यक्ष रमेश शेर्पाले बताए ।

समयमा मल उपलब्ध हुन नसक्दा किसानले हैरानी व्यहोर्दैै आएकाले यसपाली समयमै मल झिकाउन लागिएको थियो । चीनबाट भिकाइएको मल चाँडै नै नेपाल पठाउन प्रधान मन्त्रीसमेतले चिनीयाँ दुतावासलाई आग्रह गर्दा पनि सहजीकरण नगरेपछि हैरानी खेप्नुपरेको अध्यक्ष शेर्पाले आरोप लगाए ।

रसायनिक मललाई प्राथमिकता दिई व्यापारिक सामानलाई पनि चाँडै पठाउन चिनीयाँ पक्षलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक २० गाडी मात्र पठाउन आग्रह गरे पनि दैनिक आठदेखि १२ गाडी मात्र पठाउने गरेको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए ।

सरकारले भारत र बङ्गलादेशबाट मात्र रसायनिक मल झिकाइँदै आएकोमा पहिलो पटक चीनबाट गत वर्षको फागुनमा साल्ट टेडिङ कम्पनीमार्फत चार हजार मेट्रिकटन युरियामल झिकाएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : १७ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि