सुदूरपश्चिममा ९ जना कोरोना संक्रमित थपिए  | Khabarhub Khabarhub

सुदूरपश्चिममा ९ जना कोरोना संक्रमित थपिए 


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप नौ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ८५२ जनाको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तीन जनामा आरटी पीसीआर र छ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एन्टिजेन विधिमार्फत कञ्चनपुरमा चार र कैलालीका दुई जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : ५९ बजे

प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला

पर्वत– प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

झापा– पूर्वाधार विकास कार्यालय झापाको गत आर्थिक वर्ष २०८१–८२ मा

बाढीपहिरोले गुल्मीका तीन सडक अवरुद्ध

गुल्मी– अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण गएरातिदेखि गुल्मीका तीनवटा

रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण

मस्को – रुसको सोचीमा रहेको एक तेल डिपोमा युक्रेनले आक्रमण

पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड

पर्सा– पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ