इमानदार भएर काम गर्न नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

इमानदार भएर काम गर्न नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २२ जना मन्त्रिपरिषद् सदस्यहरु सम्मिलित पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक शुक्रबार सिंहदरबारमा बसेको छ।

मन्त्रिपरिषद् बैठकमा नवनियुक्त १६ मन्त्रीहरु र यसअघि मन्त्री भएका ६ जनासहित २२ जनाले उपस्थित जनाएका थिए ।

शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएपछि मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् ।

मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमानदार भएर जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि आज पहिलो पटक मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको हो । उनले देश, जनताको चाहनाअनुसार इमान्दार भएर काम गर्न निर्देशन दिनुभएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले आजैदेखि लागू हुने गरी सरकारको प्रवक्ताको समेत जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको छ । यसअघि पनि उनी नै सरकारको प्रवक्ता थिए ।

बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरूका कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेका थिए ।  बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

यस्तै, मन्त्रिपरिषद्का समितिको पनि पुनःगठन गरिएको छ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालका सम्बन्धमा गलत प्रचार गरिएको भन्दै भ्रममा नपर्नसमेत सरकारले आग्रह गरेको छ ।

नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवाले हमाललाई नियुक्त गर्नुभएको प्रवक्ता कार्कीले जानकारी दिए । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको उल्लेख गरे ।

नवनियुक्त मन्त्री हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र सोही आधारमा कांग्रेसका तर्फबाट नियुक्त हुनुभएको मन्त्री कार्कीको भनाइ छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : १९ बजे

डलर घट्दा यूरो बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार सन्

आज कात्यायनीे देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा