‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भयो : कमल थापा « Khabarhub

‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भयो : कमल थापा


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकारमा गैर सांसदको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यसरी मन्त्री नियुक्त हुँदा न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भएको जनाएका छन् ।

उनले  मन्त्रिपरिषदमा  गजेन्द्र हमालको नियुक्तिलाई लिएर टिप्पणी गर्दै थापाले यसले कानूनी राज्यको अवधारण र लोकतन्त्रको चिरहरण भएको बताएका छन् ।

अध्यक्ष थापाले लेखेका छन्, ‘वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘गैरसांसद’को सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ ।  न्यायपालिकाको विश्वसनीयतामा अपुरणीय क्षति भयो । कानूनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ । गठबन्धन नाङ्गो भएको छ । प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनुभयो ।’

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : १० बजे

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ, भ्रष्टाचारविरुद्धको कारबाही तीव्र

मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई

कांग्रेस इतरको ठहर- पार्टीलाई फुटबाट जोगाउन संस्थापन बाधक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु

एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगञ्ज– कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन,  सुधार, शिक्षा, सीप