मनसुन बाहिरिन शुरू, अझै केही दिन वर्षा हुने « Khabarhub

मनसुन बाहिरिन शुरू, अझै केही दिन वर्षा हुने


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपालबाट मनसुन बाहिरिन शुरू गरेको छ । तथापि पूर्णरुपमा बाहिरिन अझै एक हप्ता लाग्न सक्ने मौसमविद्ले जनाएका छन् ।

शुक्रबारदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन शुरू गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

‘शुक्रबारदेखि मनसुन बाहिरिन शुरू गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट पूर्णरुपमै बाहिरिएको छ । अरु प्रदेश हुँदै पूर्वी भागबाट बाहिरिएर नेपालबाटै मनसुन पूर्ण रुपमा निस्क्रिय हुन अरु हप्ता दश दिन लाग्न सक्छ,’ नगरकोटीले खबरहबसँग भनिन् ।

अरु वर्षहरुमा अक्टोबर २ मा बाहिरिन थाल्ने मनसुन यो वर्ष एक हप्तापछि मात्रै बाहिरिन थालेकाले दशैँ पनि हिलाम्मे हुन सक्ने ठानिएको छ । यद्यपि मनसुन निस्क्रिय हुँदै जान थालेपछि वर्षाको मात्र कम हुदै गएको उनले जानकारी दिइन् ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज अपराह्न २/३ बजेपछि काठमाडौँ उपत्यकासहितका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको न्युन सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । यसअतिरिक्त दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा पनि मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : १५ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै