काठमाडौँको जर्सिङपैवामा जीपलाइन शिलान्यास | Khabarhub Khabarhub

काठमाडौँको जर्सिङपैवामा जीपलाइन शिलान्यास


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन निर्माण हुने भएको छ ।

शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवा सम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो ।

यो जीपलाइन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन भएको सञ्चालकको दावी छ ।

जिपलाईले मणिचुड धार्मिक र जर्सिङपौवा रमणिय क्षेत्र भएकाले धार्मिक र अन्य पर्यटकलाई जोड्न सघाउ पुर्‍याउने शंखारापुर नगरपालिकाका प्रमुख शुबर्ण क्षेष्ठले बताए ।

मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मीक कुण्ड रहेको छ ।

त्यस्तै धार्मीक र अन्य रमणीय क्षेत्रलाइ जोड्न सडक मार्गको स्तरोन्नती गरिने उनले बताए ।

जिपलाइनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका लेख्ने र राजधानीबाट नजिकको र नेपालकै उत्कृष्ट रहेको सञ्चालक नविन हुमागाईले बताएका छन् ।

जिपलाईन पछिल्लो समय पर्यटकलाई आकर्षण गर्ने प्रमुख माध्यम भएपनि उपकरण लगायत दक्ष जनशक्तिको भने अभाव रहेको छ ।

उपकरण देखि दक्ष जनशक्ति समेत भारत लगायतका तेस्रो मुलुक बाट ल्याउनु पर्ने भएकोले निमार्ण कार्य निकै चुनौतिपूर्ण रहेको निमार्ण कम्पनीले जनाएको छ ।

८ करोड लागतमा बन्न लागेको लागेको जिपलाईन ६ महिना भित्र सञ्चालनमा आउने जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ११ : ३९ बजे

सामान्य प्रशासनमन्त्री न्यौपानेको एक महिना : कर्मचारी सरुवासम्बन्धी मापदण्डको अन्तिम मस्यौदा तयार

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवासम्बन्धी

विराटनगरमा निकालियो श्रीकृष्णको परम्परागत नयाँ रथ यात्रा

काठमाडौं– भगवान् श्रीकृष्णको परम्परागत रूपमा यस वर्षदेखि नयाँ रथ यात्रा

प्रधानमन्त्रीले भने- बहुविवाहलाई मान्यता दिन लागियो भनेर हल्लाको पछि कुद्नेहरू पनि छन्, यस्तो कुरा सोच्न पनि सकिँदैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी

डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले युवा परिचालन गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले डेङ्गु जस्ता महामारीजन्य रोग रोकथाम र नियन्त्रण