थाइल्याण्डले १० देशलाई यात्रा अनुमति दिँदै « Khabarhub

थाइल्याण्डले १० देशलाई यात्रा अनुमति दिँदै


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाइल्याण्डले कम जोखिम भएका देशहरुलाई यात्राको अनुमति दिने भएको छ ।

थाइल्याण्डले १ नोभेम्बरदेखि कोरोना भाइरसको महामारी कम भएका १० देशको प्रतिबन्ध हटाउन लागेको हो । पूर्ण रुपमा खोप लगाएका यात्रुहरुलाई क्वारेन्टाइन बस्न नपर्ने गरी थाइल्याण्डले यात्राको अनुमति दिन लागेको बीबीसीले जनाएकोछ ।

सोमबार क्वारेन्टाइन बस्न नपर्ने गरी खोप लगाएका विदेशी आगन्तुकहरुलाई स्वागत गर्ने प्रधानमन्त्री प्रयुथ चान–ओचा बताएका हुन् । कम जोखिम ठानिएका बेलायत, चीन, जर्मनी र अमेरिका रहेका छन् । थप देशको सूची अक्टोबरको अन्त्यसम्म उपलब्ध हुने उल्लेख छ ।

यद्यपि सूची बाहिरका देशहरुबाट समेत आगन्तुकहरु थाइल्याण्ड भ्रमण गर्न पाउनेछन् । तर उनीहरुले क्वारेन्टाइन बस्नुपर्ने छ । प्रयुथले थाइल्याण्डले १ डिसेम्बरमा मनोरञ्जन स्थलहरु पुनः खोल्ने र अल्कोहल बिक्री गर्नसमेत अनुमति दिने बताएका छन् ।

जनस्वास्थ्य मन्त्रालयले थाईल्याण्डको कोभिड १९ नीति निर्माण प्रशासन प्रयुथको अनुरोधमा कसरी सम्बोधन गर्ने भन्नेबारे विचार गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : ०२ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको