किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता « Khabarhub

किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँको चहलपहल सुरु भइसकेको छ । परिवारसँगै बसेर दशैँ मनाउने भनेर मानिसहरू मूल घर जान थालिसकेका छन् । किनमेलका लागि व्यापारिक क्षेत्रमा भिडभाड बढेको छ ।

महामारीको बीचमा चाडबाड मनाइरहे पनि धेरैले कोरोना संक्रमणको पर्वाह गरिरहेका छैनन् । कोरोना संक्रमणदर केही घटे पनि जोखिम घटेको छैन । यसकारण यत्रा तथा किनमेल गर्दा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संयोजक डा. शेरबहादुर पुनका अनुसार चाडबाडको समयमा स्वास्थ्य सतर्कतामा अझ बढी ध्यान दिनुपर्छ । पुन भन्छन्, ‘यो जमघट र भेटघाटको समय हो, तर संक्रामक रोगहरू यस्तै बेला फैलने जोखिम उच्च हुन्छ ।’

असोज–कात्तिकको समयमा मौसममा पनि परिवर्तन आउने भएकोले मौसमी फ्लु तथा सरुवा रोगहरू सजिलै तथा धेरै संक्रामक हुने गर्छ ।

बच्ने उपाय

काम नपरी घर बाहिर ननिस्कने ।
निस्कनै परे अनिवार्य मास्क लगाउने ।
अनावश्यक जमघट नगर्ने ।
भिडभाडको भएको ठाँउमा सकेसम्म नजाने ।
एक अर्काको बीचमा कम्तिमा दुई मिटरको दुरी राख्ने ।
बेलाबेला साबुन पानीले हात धोइरहने ।
स्यानिटाइजरको प्रयोग गर्ने ।
हाच्छ्यूँ गर्दा वा खोक्दा कुहिनाले नाँक मुख छोप्ने ।
भेट्दा हात नमिलाउने, नमस्कार गर्ने बानीको विकास गर्ने ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ११ : ४३ बजे

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा