रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ? « Khabarhub

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?


१२ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षति पुर्‍याउनुका साथै पूर्वाधार क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

बाढीले नेपालको चीनसँग हुने मुख्य व्यापारिक रसुवा नाकाको दुवै देशतर्फको भन्सार कार्यालय र सुख्खा बन्दरगाहलाई पूर्ण रूपमा क्षति पुर्‍यायो । साथै, बाढीका कारण भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रको मुख्य सडक पूर्वाधारमा निकै ठूलो क्षति पुगेको छ ।

जसकारण रसुवा नाका हुँदै चीन र नेपाल बीचमा हुने द्विदेशीय व्यापार अब पुनर्निर्माण नहुनेबेलासम्म ठप्प हुने देखिएको छ । जसका कारण नेपालको वैदेशिक व्यापार र आपूर्ति श्रृंखला प्रभावित हुनसक्ने विगतका तथ्यांकहरूले देखाएका छन् ।

गत वर्ष रसुवा भन्सारबाट भएको थियो आधा खर्बको आयात

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ बराबरको आयात हुँदा चीनबाट ४ खर्ब २५ अर्ब २४ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । जुन कुल आयातको २०.२८ प्रतिशत हो ।

जसमध्ये मुस्ताङ भन्सार नाकाबाट १४ अर्ब ४० करोड ६७ लाख २८ हजार, रसुवाबाट ४५ अर्ब ७३ करोड ८२ लाख ६४ हजार र तातोपानीबाट ४७ अर्ब ४८ करोड ६१ लाख १८ हजार बराबरको वस्तु आयात भएको थियो ।

गत आर्थिक वर्षमा चीनका तीनवटा नाकाबाट १ खर्ब ७ अर्ब ६३ करोड ११ लाख १० हजार रुपैयाँको वस्तु आयात भएको थियो ।

विभागको तथ्यांकअनुसार चीनबाट आयात हुने कुल सामग्रीको ठूलो हिस्सा चीनतर्फका नाकाभन्दा पनि अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाका हुँदै आएको देखिन्छ ।

साथै, गत आर्थिक वर्षमा नेपालबाट भएको वैदेशिक व्यापारमध्ये रसुवा नाकाबाट ८९ करोड ४६ लाख १ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

गत आर्थिक वर्षमा आएको बाढीको कारण तातोपानी नाकातर्फको सडकमा समस्या आएको छ । 

जसको पुनर्निर्माण पूरा भएको छैन । चालु आर्थिक वर्षको साउन महिनाको आयातको तथ्यांक हेर्दा तातोपानी नाकामार्फत हुने आयात घटेको छ भने रसुवा नाकामार्फत हुने निर्यात बढेको छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा रसुवा भन्सार नाकाबाट ५ अर्ब ६७ करोड ८७ लाख २७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन आयात सो अवधिको कुल आयातको ३.०३ प्रतिशत हो ।

सोही अवधिमा तातोपानीबाट हुने आयात घटेर ०.०७ प्रतिशतमा झरेको छ । जसले गर्दा रसुवा नाका अब बन्द हुँदा नेपालको आयात श्रृंखलामा ठूलो असर पर्ने स्पष्ट देखिन्छ ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ६ : ०५ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको