नवरात्रभर गर्न नहुने १६ कार्य | Khabarhub Khabarhub

नवरात्रभर गर्न नहुने १६ कार्य


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

असोज २१ बाट शुरु भएको दशैंको अहिले नवरात्र जारी छ । माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुने धार्मीक विश्वासमा नवरात्रिमा देवीको ९ दिनको ब्रत र पूजा गरीन्छ ।

यो ९ दिनमा हरेकले केही विशेष नियमको पालना गर्नुपर्ने धार्मीक विश्वास छ । नवरात्रमा के कस्ता कुराबाट बच्नुपर्छ, यसबारे थाहा पाउनुहोस् ।

– नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ ।
– नवरात्रका बेला खानामा प्याज, लसुन र माछा–मासु समावेश नगर्नु राम्रो मानिन्छ ।
– नवरात्रिको ब्रत राख्दा खानामा सिधे नुनको प्रयोग गर्नुपर्छ ।
– ९ दिनको ब्रत राख्दा कालो रङको कपडा लगाउनु हुदैँन ।
– यो बेला तिखो वस्तुको प्रयोग गरी हुने काम गर्न बन्देज गरीएको छ ।
– नवरात्रको ब्रतमा बेल्ट, पर्स, चप्पल–जुत्ता, ब्यागजस्ता छालाका वस्तुको प्रयोग गर्नु हुँदैन ।
– मन्दिर प्रवेश गर्दा पनि पहिला यी सबै कुरा बाहिर राखेर जानुपर्छ ।
– नवरात्रिमा कलश स्थापना र अखण्ड बत्ति बालेको भए घर खाली छाड्नु हुदैँन ।
– यो बेला पूजा कोठालाई फोहोर पार्नु हुदैँन ।
– बत्ती नबाली कहिले पनि कुनै पनि शक्तिको पूजा गर्नु हुदैँन ।
– नवरात्रका बेला मांसाहार, मदिराजन्य वस्तुबाट टाढा रहनुपर्छ ।
– ब्रतमा शारीरिक र मानसिक दुबै प्रकारको संयम आवश्यकता छ ।
– विष्णु पुराणका अनुसार नवरात्रिको समयमा दिउँसो सुत्नबाट बच्नुपर्छ ।
– यो बेला मनमा कपट राख्न वा कुनै पनि अपशब्द भन्नबाट पनि जोगिनुपर्छ ।
– नवरात्रिका बेला नङ काट्न पनि मनाहि छ ।
– नवरात्रिमा ९ दिन ब्रत राख्नेहरुले दाह्री–जुङ्गा र कपाल काट्नुहुँदैन ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ५ : ०० बजे

प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ

भक्तपुर- बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा