मिक्लाजुङ हत्याकाण्डबारे संसदमा गृहमन्त्रीको जवाफ माग « Khabarhub

मिक्लाजुङ हत्याकाण्डबारे संसदमा गृहमन्त्रीको जवाफ माग


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा २ परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा (बादल)को जवाफ माग गरिएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसदले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न समेत माग गरे ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सो घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानकर्षण गराइन् ।

घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि भुसालले आग्रह गरिन् ।

नेपाली कांग्रेसकै अर्का सांसद देवेन्द्रराज कँडेलले घटनाबारे गृहमन्त्रीको जवाफ माग गरे ।

२ परिवारका ९ जना व्यक्तिको विभत्स हत्या भएको घटना गम्भीर विषय भएको उल्लेख गर्दै सांसद कँडेलले यस विषयमा गृहमन्त्रीले संसदलाई जानकारी दिनुपर्ने बताए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ३ : ३९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब