बेलायतमा नेपालीले मनाए दशैँ « Khabarhub

बेलायतमा नेपालीले मनाए दशैँ


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पिटरवरोमा रहेका नेपालीहरूले दशैँ भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित दशैँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

पिटरवरो नेपाली समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली दूतावास लण्डनका प्रतिनिधि रामबाबु नेपाल, पिटरवरो सिटी काउन्सिलर गुल नवाज, सिटी काउन्सिल सदस्य महम्मद रन्जेब लगायत अतिथिको रूपमा उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावासका प्रतिनिधि नेपालले नेपाली दूतावास वेलायतस्थित नेपाली समुदायसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

तीन सय भन्दा बढी नेपालीको उपस्थिती रहेको सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भिम खनालले गरे । पिटरवरो नेपाली समाजलाई आफ्ना गतिविधी गर्नको लागि स्थानिय काउन्सिल हालै मात्र सरकारी भवन उपलब्ध गराएको थियो ।

कार्यक्रममा सो भवन प्राप्त गर्नको लागि आवश्यक सहयोग गर्ने सबैप्रति संस्थाका निवर्तमान अध्यक्ष शिव भण्डारीले धन्यवाद प्रकट गरे । कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु, ट्रष्टी, स्थानीय व्यवसायी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव कृष्ण लुईंटेलले गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ४० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै