केन्याका राष्ट्रपति केन्याता अमेरिका भ्रमणमा जाँदै « Khabarhub

केन्याका राष्ट्रपति केन्याता अमेरिका भ्रमणमा जाँदै


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- केन्याका राष्ट्रपति उहुरु केन्याता अमेरिका भ्रमणमा जाने भएका छन् ।

उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकरी ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले दिएका छन्।

यस भ्रमणका क्रममा केन्याका राष्ट्रपति केन्याता र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बीचमा द्धिपक्षीय हितका साथै आर्थिक तथा विभिन्न विषयमा कुराकानी हुने बताए। यसका साथै प्रजातन्त्र र शान्ति स्थापनाका साथै मानवअधिकारको रक्षा र अन्य द्धिपक्षीय हितका विषयमा उनीहरुले कुराकानी गर्ने बताइएको छ ।

त्यसैगरी उनीहरुका बीचमा जलवायु परिवर्तनबाट बच्ने उपायहरु अवलम्बन गर्ने विषयमा कुराकानी भएको पनि बताइएको छ ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनको अफ्रिकी नेतासँग भेटवार्ता हुन लागेको यो पहिलो पटक भएको प्रेस सेक्रेटरी पास्कीले जानकारी दिए।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ४ : ०० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले