कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार « Khabarhub

कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ । नेपाल बार एसोसियन लमजुङ बार इकाइले दशैँ हर्षोल्लासका साथ मनाउन् भन्ने उद्देश्यले खसी प्रदान गरेको हो ।

नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायत बारका पदाधिकारीले कारागारका नाइके नविन गुरुङलाई खसी हस्तान्तण गरेका हुन् ।

नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कैदीबन्दीलाई दसैंको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए ।

कैदीबन्दीले दशैँ पर्व हर्षोल्लासका साथ मनाउन भन्ने मानवीय सोचका साथ बारले १८ हजारको खसी कैदीबन्दीलाई प्रदान गरेको कारागारका जेलर जगदिश मिश्रले जानकारी दिए । हाल कारागारमा २ जना नाबालक बाहेक १ सय ४ जना कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : २३ बजे

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा