मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग « Khabarhub

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकको मेलम्ची बाढी प्रभावितले रकम सङ्कलन गरी सहयोग गरेका छन् । 

विसं २०७८ असार २ गते आएको बाढीका कारण प्रभावित बनेकाहरूले एक लाख चार हजार १६५ रुपैयाँ सङ्कलन गरी सहयोग प्रदान गरेका हुन् ।

पीडितलाई केही भए पनि सहयोग होस् भन्ने उद्देश्यले रकम सङ्कलन गरिएको मेलम्ची बाढी प्रभावित प्रकाश श्रेष्ठले बताए । 

‘रसुवामा आएको विनासकारी बाढीले धेरै परिवारलाई पीडा, दुःख र अनिश्चितताको अवस्थामा पुर्‍याएको छ’, उनले भने, ‘केही वर्षअघि हामीले मेलम्ची बाढीको पीडा भोगेका छौँ । उहाँहरूको पीडामा थोरै भए पनि मलम लगाउन हामीले मेलम्ची बाढी प्रभावितबाट रकम सङ्कलन गरेका हौँ ।’ 

मेलम्चीवासी, व्यवसायी, समाजसेवी तथा सहयोगीबाट एक लाख चार हजार १६५ सङ्कलन गरिएको उनले बताए ।

आफूले भोगेको पीडा आज रसुवाका नेपालीलाई परेको भन्दै यसमा सानो सहयोगले पनि महत्त्व राख्ने भएकाले स्थानीयबाट रकम सङ्कलन गरी पीडितलाई उपलब्ध गराइएको मेलम्ची बाढी प्रभावित कुमार दुलालले बताए । 

‘अहिलेकोजस्तै त्रासदी हाम्रो मानसपटलमा अझै ताजा छ । यो बेला हामीलाई चुपचाप हेरेर बस्न मनले दिएन’, उनले भने, ‘रसुवाको बाढीले हामीलाई थप भयभित र सतर्क बनाएको छ ।’

पुनः स्थापनाका लागि समयमै आवश्यक सहयोग, समन्वय भएमा व्यवस्थापन प्रभावकारी हुने भन्दै दुलालले व्यवस्थापन अभाव हुँदा विपद् प्रभावितले थप पीडा भोग्नुपर्ने भन्दै आपसी सहयोग र समन्वयको आवश्यकता औँल्याए । 

‘अब हामी सबै राहत र पीडितको पुनःस्थापनामा जुट्न आवश्यक छ’, उनले भने । उनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ६ : ४२ बजे

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा