राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि « Khabarhub

राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मुगुलगायत विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ठूलो सङ्ख्यामा नेपालीले अकालमा ज्यान गुमाउनु परेकामा आफू मर्माहत भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्विटरमार्फत् बडादसैँ मनाउन आफ्ना घर जाने र घुमघामका लागि यात्रा गर्ने क्रममा मुगु, सिन्धुपाल्चोक, अछाम, स्याङ्जा, डडेल्धुरा, कास्कीलगायतका स्थानमा भएका दुःखद् दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रायः चाडबाडका बेला सवारी दुर्घटना बढी हुने प्रवृत्ति पटक पटक दोहोरिने क्रम जारी रहेकाले नियामक निकाय, सेवा प्रदायक तथा सेवाग्राही सबैलाई सतर्कता अपनाउन ध्यानाकर्षण गराएकी छन् । रासस

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  २ : ४५ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष