साढे ४ सय नयाँ संक्रमित थपिए « Khabarhub

साढे ४ सय नयाँ संक्रमित थपिए


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बिहीबार थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ४ सय १८ पीसीआर परीक्षणका क्रममा ३ सय ९८ जना र २ हजार ७ सय ९६ एन्टीजेन परीक्षणका क्रममा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९७ हजार ५ सय ८९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार २ सय ६९ जनाले ज्यान गुमाएका छन् ।

थप ८ सय ४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७९ हजार १ सय ५४ संक्रमित निको भएका छन् । हाल नेपालमा १३ हजार ८ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ५ : ०० बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड