लेवनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान, ६ जनाको मृत्यु « Khabarhub

लेवनानमा न्यायाधीशविरुद्धको प्रदर्शनमा गोली हानाहान, ६ जनाको मृत्यु


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लेबनानमा न्यायाधीशविरूद्धको प्रदर्शनमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

राजधानी बेइरुतमा गोली हानाहानमा हुँदा अरु ३२ जना घाइते भएका छन् । हिंसा शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनका क्रममा भएको हो । क्रिश्चियन मिलिसिया र शिया सदस्यहरूबीच सडकमा गोली हानाहान भएको बीबीसीले जनाएको छ ।

उनीहरूले लेबनिज फोर्सेस (एलएफ) को खेमाका क्रिश्चियन बन्दुकधारीहरूले भिडमा गोली चलाएको आरोप लगाएका छन्। एलएफले उक्त आरोप अस्वीकार गरेको छ।

गत वर्ष तटीय सहरमा भएको ठूलो विस्फोटनमा कम्तीमा २१९ जनको ज्यान गएको थियो । उक्त विस्फोटको संलग्नताको विषय अनुसन्धान भइरहँदा हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश तारेक बितार पूर्वाग्रही भएको आरोप लगाउँदै आएका छन् । तर पीडित परिवारले उनको कामको समर्थन गरिरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : १३ बजे

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा बाबुछोरीको मृत्यु, आमा गम्भीर घाइते

झापा- झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको