लेकाली समुदायलाई छुँदैन दसैँ तिहारले, चौँरी हेर्दैमा बित्छ समय « Khabarhub

लेकाली समुदायलाई छुँदैन दसैँ तिहारले, चौँरी हेर्दैमा बित्छ समय


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– शुक्रबार दशैंको मुख्य दिन हो । मान्यजनहरूको हातबाट टीका लगाउने र आशिर्वाद लिने दिन हो । टीका लगाउन र आशिर्वाद लिन प्रायः सबै व्यस्त छन् । तर। लेकाली समदायहरूको न त दसै आउँछ, न त तिहार नै । तिनै लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा । उनी फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलाका स्थानीयवासी हुन् । उनी चौँरी याकहरूसँग रमाउन थालेको ६५ वर्ष नै भयो । किनकि उनी चौँरी याक गोठमै जन्मेर चौँरी याकहरूको पछिपछि लाग्दै अहिले ६५ वर्ष पुगेका हुन् ।

समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाईमा अवस्थित मौवटारमा याक गोठ उनले सारेका हुन् । छोरा छोरीलाई अंशको रूपमा सबैलाई याक बाँडिदिएर उनीसँग ३० वटा याक रहेका छन् । १० वटा दुहुनो याक उनीसँग छन् । बिहान उठ्नबित्तिकै एक मक दुध चिया लिएपछि झिसमिसमै दुहुनो याकहरू बटुलेर दुध दुहँुदै घाम शिरमाथि पुग्छ ।

चौँरी याकहरूलाई चरन क्षेत्रमा पु¥याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहानको दुधलाई मोही, घिउ र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगेको हुन्छ । साँझ परेपछि चारतिर छरिएर रहेका चौँरी याकहरूलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म पारी डाँडामा जुन उदाएको हुन्छ ।
लेकाली बस्तीका समुदायहरूको दैनिकी हो यो । लेकाली समुदायहरूको मुख्य पुर्खौली पेसा चौँरी याक पालन हो । वर्ष दिनमा आउने चाडबाड दसैं तिहार वस्तुभाउका कारण चासो दिन नसकिएको फक्ताङलुङ गाउँपालिका—७ का हेम्वे शेर्पाले बताए ।

चौँरी याकहरूसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैं आउँछ, कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको स्थानीय तेन्जिङ शेर्पाले बताए ।समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइमा अवस्थित मौवटारमा चारवटा घुम्ती गोठहरू छन् । सिंजेमा पोखोरी क्षेत्रमा तीनवटा घुम्ती गोठहरू रहेका छन् । याङमा क्षेत्रमा नौवटा याकहरूको घुम्ती गोठहरू रहेका छन् । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ वटा चौँरी याकहरूको घुम्ती गोठ रहेका मिक्वाखोला गाउँपालिका—५ का वडा अध्यक्ष डण्डु लामाले बताए ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँका धेरै लेकाली बस्तीहरू छन् । हिमाली बस्तीमा बासोबास गर्ने समुदायहरूले पशुपालनमा निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ—७ का स्थानीय चुङदाक शेर्पाले बताए ।

सहर बजारमा दसैंको उत्साह छाएको छ । तर, हिमाली बस्तीहरूमा दसैं तिहारको न त उत्साह न त उमङ्ग दैनिकी चौँरी याकसँगै हिमालका टाकुराडाकुराहरू चहार्दै अस्ताउँछ घाम । न्यूज कारखाना

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : ४० बजे

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको