लक्ष्य भन्दा दुई महिनाअघिनै भवन निर्माण « Khabarhub

लक्ष्य भन्दा दुई महिनाअघिनै भवन निर्माण


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– ढिलासुस्तिले अधिकांश विकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणको ठेक्का लिएका व्यवसायीले इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएका छन् । अन्नपूर्ण गाउँपालिकासँग विस२०७७ चैतमा दुई तले दश कोठे छात्रावास भवन निर्माणका लागि सम्झौता गरेको उत्तरगङ्गा निर्माण सेवाले लक्ष्य भन्दा दुई महिना अघिनै काम सकेको हो । आगामी मङ्सिर महिनासम्म म्याद भएपनि निर्माण व्यवसायीले भवन बनाइसकेका गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताए ।

“ठेक्का सम्झौता लगत्तै फैलिएको कोरोना महामारी, निषेधाज्ञा, वर्षा शुरु भएपछिको बाढी पहिरोको असहज अवस्थाका बावजुद पनि लक्ष्य अघिनै भवन बन्यो”, उनले भने । एक करोड ४८ लाख लागत अनुमान गरिएको भवन निर्माणका लागि एक करोड एक लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण ब्यवसायी कृष्णप्रसाद बरुवालले आवश्यकता अनुसार निर्माण सामग्री, उपकरण जुटाएको, मजदुर परिचालन गरेको बताए ।

गाउँपालिका, वडा कार्यालय र समुदाय स्तरबाट भवन निर्माणमा सहजीकरण भएकाले काम गर्न सहज भएको बरुवालले बताए । शिक्षा, विज्ञान, प्रविधी मन्त्रालयको नमूना विद्यालय कार्यक्रम अन्तरगत ज्ञानप्रकाश माविमा पहिलो चरणमा छात्रावास भवन निर्माण भएको हो ।

निर्माण भएको छात्रावास भवन आगामी तिहारलगत्तै प्रयोगमा ल्याउने तयारी गरेको ज्ञानप्रकाश माविका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए । “भवन बनेपछि घर टाढा भएका र बिहान बेलुकी अतिरिक्त कक्षा पढ्नुपर्ने दश कक्षाका विद्यार्थीलाई डेरा खोज्नुपर्ने समस्या हेटेको छ”, उनले भने ।

कक्षा १२ सम्म पठनपाठन हुने ज्ञानप्रकाश माविमा यसै वर्ष राष्ट्रिय पुननिर्माण प्राधिकरणको रु ७० लाख अनुदान सहयोगमा चार कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको छ । नमूना विद्यालय कार्यक्रम मार्फतनै रु। ४२ लाखको लागतमा विद्यालय परिसरमा घेराबार गर्न पक्कि पर्खाल र शौचालय निर्माण भइरहेको प्रअ नेपालीले बताए ।

पाँच वर्षे नमुना विद्यालय कार्यक्रम अन्तरगत रु दश करोड लागतमा पूर्बाधार निर्माण र शैक्षिक सुधारका गतिविधि सञ्चालन गरिने भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन सङ्कायमा पठनपाठन सञ्चालन गरेको ज्ञान प्रकाश माविमा कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालय छ । कक्षा ५ सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन गराइने यस विद्यालयको आधारभूत तहको कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर पठनपाठन गर्ने विधि अपनाइएको छ । रासस

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १० : ४० बजे

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति

जग्गा भ्रष्टाचार प्रकरणमा टोखा मालपोतका तत्कालीन प्रमुख खनालसहित २७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको