मुलुकभरको मौसम बदली, सोमबारसम्म वर्षा र हिमपातको सम्भावना « Khabarhub

मुलुकभरको मौसम बदली, सोमबारसम्म वर्षा र हिमपातको सम्भावना


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभरको मौसममा बदलाव आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली विकसित हुँदा नेपालमा पनि आंशिकदेखि सामान्य बदली भएको हो ।

सोही प्रणालीको असरले तीन दिनसम्म सामान्यदेखि मध्यम तथा भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

‘आइतबार देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्यांगसहित हावाहुरी र भारी वर्षाकोसमेत सम्भावना छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ,  ‘देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि संभावना छ।’

वर्षाको सम्भावना रहेकाले यो समयमा खेतीपाती गर्दा र यात्रा गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

तीन दिनको मौसम पूर्वानुमान

३० गते शनिबार

दिउँसो : प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, २ र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

राति : प्रदेश १, २ र वाग्मती प्रदेश सामान्य बदली रही अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

३१ गते आइतबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, २, वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै प्रदेश १, २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कार्तिक १ गते सोमबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश १, २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ३५ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,