वृक्षारोपणले सुक्खा पहिरो हराभरा बन्दै « Khabarhub

वृक्षारोपणले सुक्खा पहिरो हराभरा बन्दै


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका स्थानीयले सुक्खा पहिरोलाई हराभरा बनाएका छन् । वर्षायाममा पहिरो गइरहने पहिरेनी पाखालाई स्थानीयले बृक्षारोपण गरेर हराभरा बनाएका हुन् ।

बस्तीतिर फैलिँदै गएको पहिरेनीमा दाल्फुका स्थानीयले १८ वर्षअघि बृक्षारोपण गरेका थिए । २०६० साल असारमा रोपिएको उत्तिसको बिरुवा बढेर पहिरो ढाक्न थालेको छ । बृक्षारोपणपछि रुखबिरुवा हुर्केका कारण हाल पहिरोसमेत नियन्त्रण भएको स्थानीय दुर्गप्रसाद राईले बताए ।

हिउँदमा ठप्प हुने वर्षायाममा चल्ने पहिरोले करिब १२ रोपनीभन्दा बढि खेतीयोग्य जमिन बगाइसकेको छ । पहिरोका कारण केही घरसमेत जोखिममा छन् । वर्षेनी पहिरोले आकार लिँदै जाँदा बस्ती नै जोखिममा पर्न थालेपछि स्थानीयले बृक्षारोपण गरेका थिए ।

पहिरो नियन्त्रणका विकल्पका लागि छलफल गर्दा चाँडो हुर्कने बिरुवा रोप्न उपयुक्त हुने निष्कर्ष निस्किएपछि उत्तिस, चिलाउने, लामपाते, साल लगायतका बिरुवा रोपिएको थियो । उत्तिसको रुख बढेपछि केही वर्षयता उत्तिसको बिरुवा आफै उम्रन थालेको स्थानीय बताउँछन् । पहिरेनीमा आफैँ सल्ला र चिलाउनेका बोटसमेत फैलिरहेका छन् । लगातार पहिरो गइरहन थालेपछि सो स्थानलाई पहिरेनी भन्न थालिएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : ०० बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड