बुबाको मृत्यु र आमाले दोस्रो बिहे गरेपछि १४ वर्षीय संगीता भाइबहिनी पढाउँदै घर सम्हाल्छिन् « Khabarhub

बुबाको मृत्यु र आमाले दोस्रो बिहे गरेपछि १४ वर्षीय संगीता भाइबहिनी पढाउँदै घर सम्हाल्छिन्


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि दोस्रो विवाह गरेर छाडिन् । बाबुआमापछि घरको जेठो सन्तानका रूपमा रहेकी सविता पनि केही समयपछि विवाह गरेर पराइ घर गइन् ।

त्यसपछि घरमा बाँकी रहेका बालबच्चाको अवस्था कस्तो होला ? हो, त्यही अवस्थाबाट गुज्रिरहेका छन् खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे मावे टोलका १८ वर्षीय मिलन, १४ वर्षीय संगीता, १२ वर्षीय टीका र ८ वर्षीय पवन विश्वकर्मा । तीन÷चार वर्षको अवधिमा एकपछि अर्को गर्दै अभिभावकबाट टाढिएका चार बालबालिकाको अवस्था दयनीय बनेको छ । हाल उनीहरू दुःखजिलो गरेर जीवन निर्वाह गरिरहेका छन् ।

घरमा आफूभन्दा जेठो दाजु भए पनि पारिवारिक जिम्मेवारी संगीताको कलिलो काँधमा छ । बुवाको मृत्यु भएदेखि नै मिलन काठमाडौं गएर ज्यालामजदुरीको काम गर्दै बस्छन् । उनी कहिलेकहीँ मात्र घर आउने गरेका छन् । त्यस कारण पनि पारिवारिक जिम्मेवारी संगीताको काँधमा आइलागेको हो ।

हाल घरायसीदेखि घर व्यवहार धान्ने काम उनैले सम्हालिरहेकी छन् । घरपरिवार धान्न परेकै कारण संगीताले कक्षा ६ बाटै आफ्नो पढाइलाई रोकेकी छन् । गाउँकै भानु आधाभूत विद्यालयमा अध्ययनरत संगीता लकडाउन खुलेयता विद्यालय गएकी छैनन् ।

लकडाउन खुल्दा संगीताको विद्यालय जाने बाटो नै बन्द भइसकेको थियो । भाइबहिनीलाई पढाउनुपर्ने पारिवारिक जिम्मेवारी बोझका कारण विद्यालय जान नसकेको संगीता बताउँछिन् । आर्थिकरूपमा पनि विश्वकर्मा परिवार कमजोर छ ।

‘घरको कामले गर्दा, पारिवारिक समस्यले गर्दा विद्याल जान छाडेकी हुँ । भाइबहिनीलाई पढाउनका लागि दुःख गर्दैछु,’ उनले भनिन्, ‘दाजुले पनि भाइबहिनीलाई पढाउँछु भन्नुहुन्छ । दाजुले बिहे गरेपछि फ्रि हुन्छु, अनि पढ्न थालौंला ।’ टीका कक्षा ४ मा र पवन कक्षा ३ मा भानु आधारभूत विद्यालयमा पढ्छन् ।

बुबाको मृत्यु भएपछि तीन वर्षअघि आमा फुलमायाले दोस्रो विवाह गरेकी हुन् । विक दम्पतीका चार छोरी र दुई छोरामध्ये कान्छी विमला आमासँगै छिन् । आमाले छाडेको केही समयपछि परिवारको जेठी छोरी सविताले पनि विवाह गरिन् ।

बाबु रघुवीरको मृत्यु भएकै वर्ष जेठो छोरा मिलनले पनि कक्षा ७ बाटै पढाइलाई बिट मारिसकेका छन् । पढाइ छाडेर काठमाडौं बस्ने गरेका मिलन हाल विदेश जाने तयारीमा छन् ।

समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ खोटेहाङ गाउँपालिकाले चालु आर्थिक वर्ष ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको छ । सो कार्यक्रम उनै संगीताको गाउँमा पनि सञ्चालन भइरहेको छ ।

पारिवारिक बोझका कारण विद्यालय जानबाट बञ्चित संगीताको शिक्षादीक्षाका लागि गाउँपालिकासमक्ष छात्रवृत्तिको प्रस्ताव राखिएको ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका सहजकर्ता इन्द्र नारथुंगे (इन्द्रकुमार राई)ले बताए ।

‘बाबुको मृत्युपछि आमाले अर्कैसँग विवाह गरिन् । त्यसपछि सो घरका बालबच्चा साहराविहीन बने । भाइबहिनीलाई नियमित स्कुल पठाए पनि संगीता आफैँ विद्यालय जान सक्दिनन् । घरमा आम्दानीको स्रोत छैन ।

दाजुले कमाएर पठाउने केही रकम र गाउँघरमा बनिबुतो गर्दा आउने थोरै रकमबाट घरखर्च चलाउनु पर्ने बाध्यता छ,’ नारथुंगेले भने, ‘साँच्चै यस्ता साहराविहीन नागरिकको लागि स्थानीय सरकारहरूले साथ दिने हो भने सिंहदरवार गाउँ–गाउँमा पुगेको अनुभव प्रत्यक्ष गर्न पाइन्थ्यो ।’

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : ४० बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड