फलफूल किसानलाई पेन्सन ! « Khabarhub

फलफूल किसानलाई पेन्सन !


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– रावाबेँसी गाउँपालिकाले फलफूल उत्पादन गर्ने किसानलाई पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफूल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानी लिनसक्ने अवस्थामा पुर्‍याउने गरी गाउँपालिकाले आर्थिक वर्ष २०७७०७८ बाट फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तर्गत किसान पेन्सन कार्यक्रम सुरु गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष ८५ प्रतिशत अनुदानमा एभोकार्डो र कागतीको बिरुवा वितरण गर्ने तयारी गरेको छ । नगदे बाली मानिने फलफूल खेतीतर्फ आकर्षित गर्न फलफूल खेतीलाई भविष्यको पेन्सनको नारा दिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए ।

एभोकार्डो र कागतीको बिरुवा वितरणका लागि माग आह्वान गरिएको र सोही मागका आधारमा किसानलाई बिरुवा बाँडिने गाउँपालिकाले जनाएको छ । ६ वडा रहेको गाउँपालिकामा फलफूल बगैंचा विस्तार कार्यक्रम अन्तगएत किसान पेन्सन कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गरिएको छ । विगतका वर्ष लिची, आँप र सुन्तला खेती प्रवद्र्धनका लागि बजेट खर्च गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा भने किसान पेन्सनको नाममा एभोकार्डो र कागतीको बिरुवा वितरण गर्ने तयारी गरेको हो ।

‘फलफुल खेतीलाई किसानको पेन्सन मानिन्छ । उमेर हुँदा किसानले फलफुल लगाइराखे त्यसले जीवनको उत्तरार्धमा पेन्सनको काम गर्ने गरी नारा बनाएका हौँ,’ कृषि शाखा संयोजक राईले भने, ‘भोलिको दिनलाई सुरक्षित गर्नुहुन्छ भने फलफुलका बिरुवा लगाउनुहोस् जसले गर्दा बुढेसकालमा पेन्सनको रुपमा सहयोग गर्छ । अरु काम सक्दा र पावर हुँदासम्म मात्र हुन्छ । बिरुवालाई हुर्काउन सकियो भने त्यसले जीवनभर पाल्न सक्छ ।’

एभोकार्डो र कागतीको बिरुवा लिन गाउँपालिकाले पाँच सय मिटरदेखि १८ सय मिटर उचाईसम्मका भूगोलका किसानलाई आवश्यक कागजातसहित बिरुवा माग गर्न लागि सूचना जारी गरेको थियो । चक्लाबन्दीमा मिलेर फलफुल बगैंचा स्थापना गर्न चाहने समूह वा किसनाहरूलाई बिरुवा वितरणमा पहिलो प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । कृषि प्राविधिकको सल्लाहअनुसार दुरी कायम गरी खाल्डो तयार भएपछि मात्र किसानलाई बिरुवा उपलब्ध गराइने गाउँपालिकाको कृषि शाखाले जनाएको छ । न्यूज कारखाना

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ७ : ४० बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन