वालिङमा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण « Khabarhub

वालिङमा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- जिल्लाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७-०७८ मा रु १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, एकल एवम् विधवा महिला, असाहय, अपाङ्गता भएका ब्यक्तिका लागि बैंकमार्फत रु १६ करोड ३१ लाख २१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।

नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिको सूची तयार गरेर विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी छ हजार ६२८ जनालाई भत्ता वितरण गरेको भट्टराईले बताए ।

नगरपालिकाका १४ वडामा ७० वर्षभन्दामाथिका तीन हजार २८६, ज्येष्ठ नागरिक, दलित ४७८, ज्येष्ठ नागरिक एकल महिला ८००, असहाय/विधवा ८७२, अपाङ्ग भत्ता क वर्ग १४३, ख बर्ग २६६ र दलित बालबालिका ७८३ गरी कूल छ हजार ६२८ जनालाई तीन चौमासिकमा बैंकमार्फत रकम हस्तान्तरण गरिएको हो ।

प्रथम चौमासिकमा रु चार करोड ७४ लाख ६५ हजार २८२, दोस्रो चौमासिकमा रु पाँच करोड ६० लाख १५ हजार १९८ र तेस्रो तथा अन्तिम चौमासिकमा पाँच करोड ९६ लाख ४० हजार ५२० गरी कूल रु १६ करोड ३१ लाख २१ हजार भत्ता वितरण गरिएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले जानकारी दिएका छन् ।

नगरपालिकामा सबैभन्दा धेरै भत्ता बुझ्नेको सङ्ख्या ७० वर्षमाथिका तीन हजार २८६ जना ज्येष्ठ नागरिक रहेका छन् । वालिङ नगरपालिकामा गत आव २०७६-०७७ मा रु सत्र करोड २१ लाख ४४ हजार ४०० रकम भत्तास्वरुप वितरण गरिएको सहायक लेखापाल ईश्वरीप्रसाद तिवारीले बताए ।

ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत रु सत्र करोड २१ लाख ४४ हजार ४०० वितरण गरेको हो । नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ । आव २०७६-०७७ को पहिलो चौमासिकमा रु पाँच करोड ७१ लाख ८३ हजार, दोस्रोमा रु पाँच करोड ७२ लाख दुई हजार र तेस्रो तथा अन्तिम चौमासिकमा रु पाँच करोड ७७ लाख ५८ हजार वितरण गरिएको सहायक लेखापाल तिवारीले जनाए।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ६ : ४५ बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड