तालिवानका प्रवत्ताले भने, ‘अदालतको फैसलाअघि नझुन्डाउनू’ « Khabarhub

तालिवानका प्रवत्ताले भने, ‘अदालतको फैसलाअघि नझुन्डाउनू’


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल-तालिवानले अदालतको फैसलाबिना सार्वजनिक स्थानमा अमानवीय ढंगले सजाँय नदिन स्थानीय अधिकारीहरुलाई निर्देशन दिएको छ।

मन्त्रिपरिषद्ले अदालतले दोषी करार नगर्दासम्म स्थानीय अधिकारीहरुले सार्वजनिक स्थानमा सजाँय दिन नपाउने निर्णय गरेको तालिवानका प्रवत्ता जाबिहुल्ला मुजाहिदले बताए । सरकारका निर्णय सुनाउदै मुजाहिदले भने, ‘सर्बोच्च अदालतले फैसला नगरेसम्म स्थानीय स्तरमा हुने मृत्युदण्डका सजाँय तत्काल रोकिनुपर्छ ।’

दोषीलाई सजाँय दिँदा उमाथि लागेको अभियोगबारे सर्वसाधरणलाई जानाकारी दिनुपर्ने उनको भनाई थियो । तालिवानले दोषीलाई मृत्युदण्डलगायतका कडा सजाँय दिने घोषण गरेपछि स्थानीय तहका अधिकारीहरुले आरोपितलाई सार्वजनिक स्थलमा लगेर अमानवीय ढंगले यातना दिएका थिए ।

तालिवानका सहसस्थापक मुल्लाह नोरुद्दिन तुराबीले पनि दोषीलाई शरिया कानुनअनुसार सजाँय दिइने बताएका थिए । ‘कठोर सजाँयका लागि धेरैले हाम्रो आलोचना गर्छन । तर, हामीले कहिल्यै पनि उनीहरुको कानुनबारे एक शब्द बोलेका छैनौ’ केही समयअगाडि एक अन्तर्वार्तामा उनले भनेका थिए ।

उनको अभिव्यक्ति लगत्तै तालिवानले चोरीको आरोपमा चार जनाको हत्या गरेर सार्वजनिक स्थलमा झुन्डाएका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : २० बजे

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा

श्रीमतीलाई कुटपिट गरेर तीन तलाबाट हामफालेका वृद्धको ज्यान गयो

झापा- यहाँस्थित बिर्तामोड नगरपालिका वडा नम्बर-५ अन्नपूर्ण चोकमा घरायसी विवादका

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको अन्तिम तयारी (तस्बिरहरू)

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनको तयारी

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा बाबुछोरीको मृत्यु, आमा गम्भीर घाइते

झापा- झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको