तालिवानका प्रवत्ताले भने, ‘अदालतको फैसलाअघि नझुन्डाउनू’ « Khabarhub

तालिवानका प्रवत्ताले भने, ‘अदालतको फैसलाअघि नझुन्डाउनू’


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल-तालिवानले अदालतको फैसलाबिना सार्वजनिक स्थानमा अमानवीय ढंगले सजाँय नदिन स्थानीय अधिकारीहरुलाई निर्देशन दिएको छ।

मन्त्रिपरिषद्ले अदालतले दोषी करार नगर्दासम्म स्थानीय अधिकारीहरुले सार्वजनिक स्थानमा सजाँय दिन नपाउने निर्णय गरेको तालिवानका प्रवत्ता जाबिहुल्ला मुजाहिदले बताए । सरकारका निर्णय सुनाउदै मुजाहिदले भने, ‘सर्बोच्च अदालतले फैसला नगरेसम्म स्थानीय स्तरमा हुने मृत्युदण्डका सजाँय तत्काल रोकिनुपर्छ ।’

दोषीलाई सजाँय दिँदा उमाथि लागेको अभियोगबारे सर्वसाधरणलाई जानाकारी दिनुपर्ने उनको भनाई थियो । तालिवानले दोषीलाई मृत्युदण्डलगायतका कडा सजाँय दिने घोषण गरेपछि स्थानीय तहका अधिकारीहरुले आरोपितलाई सार्वजनिक स्थलमा लगेर अमानवीय ढंगले यातना दिएका थिए ।

तालिवानका सहसस्थापक मुल्लाह नोरुद्दिन तुराबीले पनि दोषीलाई शरिया कानुनअनुसार सजाँय दिइने बताएका थिए । ‘कठोर सजाँयका लागि धेरैले हाम्रो आलोचना गर्छन । तर, हामीले कहिल्यै पनि उनीहरुको कानुनबारे एक शब्द बोलेका छैनौ’ केही समयअगाडि एक अन्तर्वार्तामा उनले भनेका थिए ।

उनको अभिव्यक्ति लगत्तै तालिवानले चोरीको आरोपमा चार जनाको हत्या गरेर सार्वजनिक स्थलमा झुन्डाएका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै